Sajhamanch Archive

नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फिर्ता

Published: in खेलकुद by .

काठमाण्डौ । विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाण्डौ आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरेका छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो । विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ ।

गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *