Sajhamanch Archive

राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई १ लाख

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुला भएको छ । क्यान र एमएसटीले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला भएको जनाएको हो ।

जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रूपमा पाएको हो । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरूप नगद एक लाख पाउने जानकारी दिए

क्यानले जर्सीको डिजाइन गरेर जुन १७ सम्म पठाईसक्नुपर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *