Sajhamanch Archive

प्रदेश २ ; प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, by .

जनकपुरधाम । प्रदेशसभामा नियावली संशोधन गर्न मस्यौदा समित गठन भएको छ । सोमबार भएको प्रदेशसभा बैठकमा सर्वसहमतीले पाँच सदस्यीय समिति गठन गरिएको हो । सांसद पारस साहको प्रस्तावमा प्रदेशसभाकलाई थप प्रभावकारी बनाउन मस्यौदा समिति गठन गरिएको छ ।

प्रदेशसभा कार्य सञ्चालन नियावली २०५७ लाई संशोधन गर्न सांसद साहले प्रस्ताव दर्ता गराएका थिए ।

उनको प्रस्तावको समर्थन सांसद चमेली देवी दासले गरेकी थिइन् । समितिको कार्य अवधि गठन भएको १५ दिनसम्म रहने जनाइएको छ । समितिमा सांसद रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, साबित्रि साह र सुन्दरबहादुर विश्वकर्मा रहेको छ । उनीहरूबाट एक जनालाई संयोजक चयन गरिनेछ ।

सांसद साहले मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचनामैत्री, व्यवस्थित र प्रभावकारी बनाउन, प्रदेशसभा कार्यसञ्चालन नियामवली ०७५ को नियम २२३ बमोजिम सांसदको कार्यक्षेत्र, कार्यविधि, कार्य अवधि भएको प्रदेशसभा कार्यसञ्चालन समति गठन गर्न प्रस्ताव पेश गरेका थिए ।

प्रदेशसभा बैठक मंगलबार ४ बजे सम्मका लागि स्थगित गरिएको छ । मंगलबार सरकारले बजेट घोषणा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *