Sajhamanch Archive

पहिरोको कारण गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प

Published: in मिडियाबाट साभार, समाज, by .

गुल्मी । लगातारको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास/रिडी र रिडी/रुद्रवेणी सडकखण्ड ठप्प भएको छ ।

तम्घासररिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । त्यसैगरी गुल्मीकै रिडी/रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।

सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताए । सडक बन्द भएपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित ठाउँमा जान भनेको छ ।

वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको ईन्द्रेगौँडा-वामीटम्सार,रुद्रवेणी/पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकहरु समेत बन्द भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *