Sajhamanch Archive

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

सुर्खेत । कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको भए पनि एमालेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लङ्घन गरेका हुन् ।

सरकारमा सहभागी हुनुभएका प्रकाश ज्वालाबाहेक अरू तीन जना मन्त्री भइसकेका छन् । उनीहरू नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् बैठकमा नै उपस्थित भएका थिएनन् ।

कर्णाली प्रदेश सभा बैठक दिउँसो चार बजेसम्मका लागि स्थगित गरिएको छ । बजेट सार्वजनिक गर्नका लागि दिउँसो चार बजे अर्को बैठक आह्वान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *