Sajhamanch Archive

राप्ती नदीको बीचमा फसेका चारजना स्थानीयको सकुशल उद्धार

Published: in मिडियाबाट साभार, समाज, by .

दाङ । सशस्त्र प्रहरीले राप्ती नदीको बीचमा फसेका चारजना स्थानीयको सकुशल उद्धार गरेको छ ।

लमही नगरपालिका–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादवलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

लमही–७, हस्नापुरमा भैँसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका उनीहरु राप्तीमा आएको बाढीका कारण बीचमा फसेका थिए । उनीहरुको बुधबार बिहान करिब पौने ९ बजेतिर सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *