Sajhamanch Archive

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *