Sajhamanch Archive

६ देशमा उडान खुला गर्ने सीसीएमसीको निर्णय, क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको सीसीएमसी निर्देशन समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो ।

निर्णयानुसार उडान पुनः सञ्चालन गरिनेमा टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया छन् । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गरिने समितिको निर्णय छ ।

यी देशहरुमा रोजगारीका लागि जाँदा क्वारेन्टिनमा बस्नुपर्ने श्रमिकका लागि आर्थिक सहयोगसमेत प्रदान गर्ने निर्णय गरिएको छ । १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *