Sajhamanch Archive

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने उल्लेख छ ।

लाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घरधनीहरूलाई घरवहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ,” नीतिमा भनिएको छ ।

छुट सम्बन्धमा नीति तथा कार्यक्रममा भनिएको छ, ‘‘महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ । कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुटरसहुलियत दिइनेछ ।”

कोभिड–१९ बाट प्रभावित व्यवसायहरु (होटेल, पर्यटनलगायत क्षेत्र)लाई उल्लेख्य छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *