Sajhamanch Archive

सेयर बजारमा झिनो अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको थियो । बोर्डको यो कदम पछि बुधबार सेयर बजारमा प्रभाव देखिएको थियो । तर बिहीबार भने ठूलो प्रभाव देखिएन । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् ।
नेप्से परिसूचकमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ । बिहीबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *