Sajhamanch Archive

खनाल–नेपाल समूहको बाढी–पहिरोपीडितलाई उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी बैठक बसेर उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न उसले ध्यानाकर्षण गराएको हो ।

“मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शीरूपमा उपलब्ध गराउन हामी नेपाल सरकारसंग माग गर्दछौं । वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो,” उसले भनेको छ, “यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ । अहिले मनसुन शुरु मात्र भएको छ । आगामी दिनहरूमा समस्या अझैं गम्भीर हुने सम्भावना देखिन्छ । यसको निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छौँ । साथैयस्तो प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट पीडित जनसमुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न हामी राज्यका सबै अंगहरू, सम्पूर्ण पार्टी, जनसंगठनहरू, जनप्रतिनिधिहरू, पार्टी सदस्यहरू, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछौं ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *