Sajhamanch Archive

नेपाली टेबलटेनिस खेलाडी अनिता सम्मानित

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ अन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ ।

नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत उनलाई सम्मान गरिएको हो ।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बास्डर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *