Sajhamanch Archive

युरोकपमा आज तीन खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । युरोप फुटबल अन्तर्गत आज (बिहीबार) तीन खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘सी’ को दुई खेल र समूह ’बी’ को एक खेल हुँदैछ ।

१६ औँ संस्करणको प्रतियोगिता अनुसार आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा पराजित भएको युक्रेन आजको खेलमा जित निकाल्ने योजनामा छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

यता पहिलो खेलमा अष्ट्रियासँग पराजित भएको नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै बेल्जियम तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

बेल्जियमले पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । यता डेनमार्क भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भएको थियो ।

बिहीबार राति हुने अन्तिम खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *