Sajhamanch Archive

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि: महाधिवेशनको संशोधित कार्यतालिकामा बहस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनको विषय मुख्य मुद्दाका रुपमा रहेको छ ।

दिउँसो १ बजेका लागि डाकिएको बैठकमा आगामी साउन ४ गते गाउँपालिका, नगरपालिकाका वडाबाट सुरु हुने महाधिवेशन भदौको १६ देखि १९ सम्म गर्ने प्रस्तावमा नेताहरुले बोल्ने कार्यक्रम छ । सँगसँगै केन्द्रीय समिति बैठकमा बोल्ने वक्ताहरुले समसामयिक राजनीति र देशमा आएको महामारीको व्यवस्थापनमा भातृ तथा सुवेच्छुक संस्थासहित पार्टीका स्थानीय संरचनाको प्रयोग गरी नागरिकका समस्यासँग जोडिन प्रस्ताव राख्दै आएका छन् ।

हिजोको बैठकमा नेताहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, दिलेन्द्रप्रसाद बडु, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी, गगन थापा, शंकर भण्डारी र मोहनबहादुर बस्नेत, रमेश लेखक, कल्याण गुरुङ, शिव हुमागाई र डा। टिएन योगीले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *