Sajhamanch Archive

कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by .

काठमाडौं । कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो ।

कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यी कम्पनीका खोप नेपालमा भने आएको छैन । कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुन पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।

कुवेतले खोप लागएकाहरुलाई सपिङ मल, जिम, रेस्टुरेन्ट लगायतका ठाउँमा यही जुन २७ देखि प्रवेश गर्न दिने भएको छ । तर भौतिक दुरी भने कायम गर्नु पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *