Sajhamanch Archive

रुपन्देहीमा कुटपिट हुँदा एकजनाको मृत्यु, ७ घाइते

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।

कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *