Sajhamanch Archive

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । चलचित्र विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । संघको केन्द्रीय कार्यलयबाट ३० हजार र यूके शाखाबाट २५ हजार रुपैयाँ रकम सहयोग गरिएको हो ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा यूकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष रवीन्द्र खड्काले विपद् व्यवस्थापन कोषलाई क्रियाशील बनाइ विपद्मा चलचित्रकर्मीलाई सहयोग गर्न सकिने भन्दै कोषलाई सहयोग गरिदिन यूके शाखालगायतलाई अनुरोध गरेका थिए ।

यस्तै, उक्त कोषलाई सञ्चारकर्मी स्वतन्त्र महर्जनले पाँच हजार ५५ र मोहन निरौलाले १० हजार ५०० रुपैयाँ दिने घोषणा गरेका छन् ।

चलचित्रका वर्गीय संस्थाहरूको सहभागितामा उक्त कोष हालै मात्र गठन गरिएको हो । कोषमा चलचित्रका पेसागत संस्थाहरूको प्रतिनिधित्व रहेको सञ्चालक समिति गठन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *