Sajhamanch Archive

लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो, अत्यावश्यक सामग्री ल्याउन समस्या

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ ।

मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारी साधनलाई रोक लगाइएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको बताए । पुलको आधार क्षेत्र नै कटान भएपछि आउ-जाउ बन्द गरिएको हो ।

पुलबाट यातायातका साधन सन्चालनमा रोक लगाइएपछि अत्यावश्यक सामग्री ल्याउन समस्या भएको तातोपानी भन्सार नाकाका भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत शुक्रबार पुल संरक्षणका लागि आवश्यक सहयोग गर्न भन्दै भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई अनुरोध पत्र पठाएको थियो । तर, अहिलेसम्म पुल संरक्षणको काम हुन सकेको छैन । स्थानीयले सरकारले उत्तरी नाकामा मर्मत, सम्भारमा बेवास्ता गरेको गुनासो गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *