Sajhamanch Archive

मोरङमा वनको कर्मचारी र पत्रकार हौँ भन्दै रकम असुल गर्ने दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by .

विराटनगर । वनको कर्मचारी र पत्रकार हौँ भन्दै धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका वडा नं–६ जुटबिकास बस्ने वर्ष ५० को दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं–७ बस्ने वर्ष ५६ को पुष्पप्रसाद सिग्देललाई मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डर त्रास देखाई उनीहरुले विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।

असार ४ गते मोरङ रतुवामाई नगरपालिका वडा नं–१० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम लिएका दधिराम चौहानको साथबाट रू.२५ हजार ९९५ नगद र पुष्प प्रसाद सिग्देलको साथबाट नगद रू.७ हजार, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ सहित ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुविरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *