Sajhamanch Archive

काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसाय लगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ । सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने भन्ने कुरा छ भने निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिनेछ । यस विषयमा छलफल भइसकेको छ,” उनले भने ।

गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ । अब कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने पसलहरु खोल्न दिइनेछ । तर, निश्चित समय तोकिने जनाइएको छ ।

आर्थिक गतिविधिहरु चलायमान हुने गरी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । पछिल्लोपटक उपत्यकामा जारी निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *