Sajhamanch Archive

कोपा अमेरिका: कोलम्बिया २–१ गोल अन्तरले पराजित

Published: (Updated: ) in खेलकुद, विविधा by .

काठमाण्डौ । कोपा अमेरिका फुटबलमा बिहान भएको खेलमापेरु विजयी भएको छ । पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा यही समूहका भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका थिए ।

भेनेजुएला चौथो स्थानमा छ भने इक्वेडर पुछारमा छ । ब्राजिल ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *