Sajhamanch Archive

बाढी–पहिरोमा परी १८ जनाको मृत्यु, १९ घाइते, २१ जना बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि आइतबार (हिजो) दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मनसुनजन्य घटनामा परी यो अवधिमा ११ पुरुष, चार महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको हो । तीमध्ये सिन्धुपाल्चोकका चार, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एकरएकजना हुन् ।

बाढी–पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । तीमध्ये १२ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच, म्याग्दी र डोटीमा तीन/तीन, जुम्ला र कास्कीमा दुई/दुई, स्याङ्जा, चितवन, सल्यान र दार्चुलामा एकरएकजना रहेका छन् ।

बाढी–पहिरोमा परी २१ जना बेपत्ता छन् । तीमध्ये १४ पुरुष, पाँच महिला र दुई बालक छन् । सिन्धुपाल्चोकमा २० र बाजुरामा एकजना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *