Sajhamanch Archive

कोभिड–१९ संक्रमणको चक्र अझै तोडिएको छैन : स्वास्थ्य मन्त्रालय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको बताएको छ ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा मंगलबारबाट जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको चक्र अझै नतोडिएको स्पष्ट पारेको हो ।

“कोभिड–१९ को संक्रमणको जोखिम कायमै छ, त्यसैले अत्यावश्यक नपरून्जेल अझै पनि घरबाहिर ननिस्कौं । निस्कनै परे सधै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरौं,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “याद राखौं तपाइँ हाम्रो हेलचेक्रयाइँ कोभिङ–१९ संक्रमण फेरि फैलने कारण नबनोस् ।”

पछिल्ला केही साता यता कोरोना संक्रमणको दरमा केही कमी भने आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *