Sajhamanch Archive

भोलिदेखि पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । भोलि (असार ८) गते मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आउने भएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने बताइएको छ ।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।

पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागु गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइने जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन गरिनेबारे छलफल भइरहेको छ ।

टुटल सेवा पनि सञ्चालन गरिने टुटल कम्पनीले जनाएको छ । सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *