Sajhamanch Archive

एसिड आक्रमणमा परेकाको चार अस्पतालमा निःशुल्क उपचार

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । एसिड आक्रमणमा परेकाहरुको कस्मेटिक बाहेकको उपचार अव आजिवन निःशुल्क हुने भएको छ । सरकारले निःशुल्क उपचारका लागि काठमाडौंका चारवटा अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ । अहिलेलाई त्रिवी शिक्षण, वीर, पाटन र किर्तिपुर अस्पताललाई बर्न डेडिकेटेड अस्पताल तोकेको छ ।

यी अस्पतालबाट निःशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गतेदेखि लागु हुनेगरी एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधी २०७८ जारी गरेको छ । कार्यविधीमा कस्मेटिक उपचारबाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च नेपाल सरकारले ब्यहोर्ने उल्लेख छ । मन्त्रालयले २९ भदौ २०७७ को मन्त्रिपरिषद् बैठकको आदेशअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचारको संयोजन तथा सहजीकरण गर्न यो कार्यविधी ल्याएको हो । एसिड आक्रमण पीडित कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन पाएमा निःशुल्क प्राथमिक एवं आकस्मिक उपचार गर्नुपर्ने तथा ६ महिनाका लागि निःशुल्क घाउमा लगाउने मल्हमसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था पनि कार्यविधीमा छ ।

उक्त उपचारमा लागेको खर्च सरकारले शोध भर्नाका रुपमा अस्पताललाई उपलब्ध गराउनेछ । एसिड आक्रमणको आकस्मिक तथा प्राथमिक उपचार पश्चात रिफर गर्नुपरेमा डेडिकेडेट अस्पतालहरुमा पठाउनुपर्नेछ कार्यविधीमा एसिड आक्रमणमा परेकाहरुको उपचारमा लाग्ने खर्च शोध भर्नाका लागि भुक्तानी सिफारिस समितिको व्यवस्था गरिएको छ । यसअघि केही सीमित अस्पतालमा मात्रै हुँदै आएको एसिड आक्रमण तथा आगोले पोलेका बिरामीको उपचार निकै महंगो हुने चिकित्सकहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *