Sajhamanch Archive

सेयर बजारमा उच्च गिरावट, सबै उपसूचक घट्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत सोमबार ३०२५.८३ अंकमा पुगेर मंगलबारबाट घट्न सुरु भएको नेप्से त्यसयता लगातार घटिरहेको छ ।

यो साताको पहिलो कारोबार दिन आइतबार ६३ अंकले गिरावट भएको बजारमा आज यो समाचार तयार गर्दासम्म ७२ अंकको गिरावट भइसकेको छ । ११ बजेबाट कारोबार सुरु भएको बजारमा कारोबार सुरु भएको करिब साढे २ घण्टामा बजार परिसूचक ७२.६० अंकले घटेर २८३२.८६ अंकमा झरेको छ ।

कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १८२ कम्पनीको घटेको छ भने १ कम्पनीको मात्रै बढेको छ ।

साढे २ घण्टाको समयमा बजारमा १ करोड १७ लाख १४ हजार ५२७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ७७ लाख ३० हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनीमा उच्च गिरावट देखिएको छ ।

गत मंगलबार नेपाल धितोपत्र बोर्डले सेयर बजारमा जोखिम बढेको र लगानी गर्न जोखिम रहेको भन्दै विभिन्न ५१ सूचीकृत कम्पनीको विवरण सार्वजनिक गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । आज अझै डेढ घण्टाको कारोबार समय बाँकी रहेको अवस्थामा गत सोमबारको तुलनामा नेप्सेमा करिब २०० अंकको गिरावट भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *