Sajhamanch Archive

कोपा अमेरिका: पाराग्वे पराजित

Published: in खेलकुद by .

काठमाण्डौ । कोपा अमेरिका फुटबल अन्र्तगत अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ । ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।

पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन् । जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *