Sajhamanch Archive

अर्जेन्टिना शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं  । अर्जेन्टिना कोपा अमेरिका फुटबलको समूह ‘ए’को शीर्ष स्थानमा स्थापित भएको छ । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा दोस्रो जित निकाल्दै अर्जेन्टिना शीर्ष स्थानमा स्थापित भएको हो । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे ।

जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेर तालिकामा तेस्रो स्थानमा छ ।

यो समूहको अर्को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *