Sajhamanch Archive

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

आज दुबै पक्षबाट बहस हुनेछ ।  रिट निवेदकले माग गरे बमोजिम सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा मन्त्रिपरिषद पुनर्गठन रद्ध हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *