Sajhamanch Archive

लगातार एक सातासम्म घटेको सेयर बजारमा हरियाली, ६८ अंकले बढ्दा २९०० अंक नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । एक सातासम्म लगातार घटेको सेयर बजारमा आज भने हरियाली छाएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक विन्दुमा पुगेर घट्न सुरु भएको सेयर बजारमा आज भने हरियाली छाएको हो ।

सुरुवतदेखि नै तीव्र उतार–चढाव देखिएको नेप्से बजार खुलेको १० मिनेटमा नै ५० अंकभन्दा माथिले बढेर २८२५ अंक नाघेको थियो । त्यसको १९ मिनेटपछि नेप्से सोमबार बन्द भएको भन्दा करिब १० अंकले घटेर २८२५.७ अंकसम्म झर्‍यो ।

जेठ ३१ गते सोमबार ३०ं२५ अंकमा बन्द भएर मंगलबारबाट घटेको नेप्से त्यसयता एक साता लगातार घट्दा आज ११ बजेर २९ मिनेटमा गत सोमबारको तुलनामा २०० अंकले घटेर बढ्न सुरु भएको छ ।

आज दिउँसो १ बजेर ५ मिनेट जाँदा नेप्से ६८.९२ अंकले बढेर २९०३.३३ अंकमा बन्द भएको छ ।

यस अवधिमा पाँच अर्ब ५५ करोडको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको मात्रै १ अर्बमाथिको कारोबार भएको छ । १८२ कम्पनीको सेयर कारोबार हुँदा १७९ कम्पनी बढेको छ भने दुई कम्पनीको घटेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *