Sajhamanch Archive

मेस्सी नयाँ कीर्तिमान नजिक

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । विश्व फुटबलमा लियोनल मेस्सी धेरै कीर्तिमान बनाएका छन् । उनले कतिपय आफ्नै कीर्तिमान पनि भंग गरेका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमाननजिक छन् । मेस्सीले पूर्वमिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

मेस्सीले हालसम्म देशका लागि १४७ खेल खेलेका छन् । यसअघि, पूर्वमिडफिल्डरले १४७ खेल खेलेका थिए । ब्राजिलमा जारी कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान पाराग्वेसँगको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

३३ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि १४७ खेलमा ७३ गोल गरेका छन् । आजको खेलमा पाराग्वेलाई हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइलनमा स्थान बनाइसकेको छ ।

अब मेस्सीले बोलाभियासँगको खेलसँगै देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *