Sajhamanch Archive

अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो

Published: in विश्व समाचार by .

काठमाण्डौ । विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै अफगानिस्तानमा संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ ।

तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको मे महिना यता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ । यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ । तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।

शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक नदेखिएको राष्ट्र संघको भनाइ छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ । अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ । स्वास्थ्यकर्मीको हत्या हुन थालेपछि खोप अभियान प्रभावित भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *