Sajhamanch Archive

सप्तरी र दाङका सीडीओको सरुवा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो ।

गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार व्यवस्थापन विभागको महानिर्देशक पद रिक्त थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *