Sajhamanch Archive

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि मेडिकल परीक्षण गर्नुपर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by .

काठमाडौं । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ ।

२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरुले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *