Sajhamanch Archive

जातीय कारण कोठा नदिने घरबेटी थुनामुक्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।

जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *