Sajhamanch Archive

स्थायी कमिटी सदस्यहरुसँग ओलीको छलफल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन् । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।

बैठक नभएर नेताहरुलाई छलफलको लागि बोलाइएको तर आफू भने स्वास्थ्य समस्याका कारण छलफलमा उपस्थित नभएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताए ।

सर्वोच्चले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *