Sajhamanch Archive

२०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन् ।

बुधबार राजधानीमा नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नेपाली नागरिकलाई खोप लगाइने बताएका हुन् ।

विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुदजस्ता पाउनैपर्ने हकसमेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनको भनाइ छ ।

त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाइविपरीत संकीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उनले बताए । “परिणामस्वरुप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने कामसमेत भए । कहीँ रित पुर्‍याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो । आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ,” उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *