Sajhamanch Archive

लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, by .

रुपन्देही । लुम्बिनी प्रदेश सभाको आज (बुधवार) को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि असार १ गते प्रस्तुत भएको बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । आठौँ अधिवेशनको १० औँ बैठक विशेष कारणले स्थगित भएकाले सभामुखको निर्देशनअनुसार आउँदो २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *