Sajhamanch Archive

नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, by .

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’ भएको सेयर बजारमा आज पुनः करेक्सन भएको छ ।

गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन ट्रेन्ड’मा देखिएको सेयर बजारमा मंगलबार भने अचानक ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो ।

तर, उक्त बाउन्स ब्याकले निरन्तता पाउनेभन्दा पनि आजबाट बजारमा डाउन ट्रेन्ड नै देखिएको छ । आज बजार परिसूचक नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा बन्द भएको छ । बजार परिसूचक मात्रै नभएर कारोबार रकम पनि लगातार घट्दै गएको छ ।

आज नेप्सेमा कारोबार रकम गत वैशाख ३० गतेयताकै न्यून भएको छ । जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबार भएको बजारमा मंगलबार कारोबार रमकम १० अर्बमा झरेको थियो भने आज ८ अर्बमा झरेको छ ।

आज नेप्सेमा १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७२ हजारको कारोबार भयो ।

आज बजार परिसूचकसँगै सबै उपसूचक घटेका छन् । विकास बैंक उपसूचक सर्वाधिक ३.६९ प्रतिशतले ओरालो लाग्दा वित्त कम्पनी उपसूचक ३.०५ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर उपसूचक २.३३ प्रतिशत र जीवन बिमा उपसूचक २.३२ प्रतिशतले घट्दा लघुवित्त उपसूचक पनि २.०४ प्रतिशतले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि १.६९ प्रतिशतको गिरवाट भयो ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर किनबेच हुँदा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मात्रै मूल्य बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा राधी जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा ङ्यादी पावरको सेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ । कालिका पावरको सेयर मूल्य ५.६ प्रतिशत, नेपाल फाइनान्सको ५.४८ प्रतिशत, मञ्जुश्री फाइनान्सको ५.१४ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको ५.०८ प्रतिशत तथा अरुण कावेली पावरको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

कारोबार रकममा आज पनि नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । लगातार दुई दिन १ अर्बमाथिको कारोबार भएको कम्पनीको आज पनि ५४ करोड ३० लाख ३७ हजारको कारोबार भएको छ भने नेपाल इन्स्योरेन्सको ४२ करोड ४९ हजारको कारोबार भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *