Sajhamanch Archive

युरोकपमा आज समूह चरणका अन्तिम चार खेल

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदै छन् । समूह ‘ई’ र समूह ‘एफ’का दुई/दुई खेलहरु हुनेछन् ।

समूह ‘ई’मा स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र स्लोभाकियाबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

स्पेन आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । स्लोभाकिया पनि स्पेनलाई हराउन चाहन्छ । स्पेन दुई खेलबाट २ अंक जोडेर समूहको तेस्रो स्थानमा छ । स्लोभाकिया समान खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

आज नै हुने यसै समूहको अर्को खेलमा स्वीडेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्वीडेन यसअघि नै नकआउट चरणमा पुगिसकेको हुनाले कुनै तनाव छैन । स्वीडेनलाई समूह विजेता बन्ने मौका छ । पोल्यान्डलाई आजको खेलमा जत निकाल्दै अर्को चरण पुग्ने मौका छ ।

समूह ‘एफ’मा भने रोमाञ्चक खेलहरु रहेका छन् । आजको खेलमा पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

साबिक विजेता पोर्चुगल आजको खेलमा जित निकाल्दै अन्ति १६ मा स्थान बनाउने योजनामा छ । पोर्चुगल दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । फ्रान्स दुई खेलबाट ४ अंक जोडेर यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जर्मनीलाई जित्नैपर्ने दबाब छ । दुवै टोली आजको खेलमा जित निकाल्दै अर्को चरणमा पुग्ने योजनामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *