Sajhamanch Archive

ब्राजिलको पुनरागमन जित

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पुनगरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई हराएको हो ।

ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन रोबेर्टो फिर्मिन्हो र कासिमिरोले एकरएक गोल गरे । कोलम्बियाका लागि लुइस डिजले एक गोल गरे ।

खेलको १०औँ मिनेटमा डिजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा दुई गोल व्यहो¥यो ।

खेलको ७८औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । इन्ज्युरी समयमा कासिमिरोले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

शतप्रतिशत जितसहित ब्राजिल तालिकाको शीर्ष स्थानमा यथावत् छ । समूह चरणमा तीन खेल खेलेको ब्राजिलले ९ अंक जोडेको छ । पराजित कोलम्बियाको चार खेलबाट ४ अंक छ । कोलम्बिया दोस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *