Sajhamanch Archive

नेपालले स्पेनमा खेल्ने तय त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

Published: in खेलकुद, by .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने भनिएको क्रिकेट सिरिज स्थगित भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको हो ।

स्पेनमा तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावका कारण सिरिज स्थगित भएको जनाएको छ ।

उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोभिड–१९ को प्रभावका कारण स्पेनमा हुने तय भएको एकदिवसीय क्रिकेट स्थगित भएको बताएका छन् ।

सिरिज सन् २०२२ सम्मका लागि स्थगित भएको हो । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ अंक जोड्दै छैटौँ स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *