Sajhamanch Archive

रौतहटमा मौलापुरको नगरसभामा झडप

Published: in मिडियाबाट साभार, समाज, by .

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *