Sajhamanch Archive

चिलीमाथि पाराग्वेको जित

Published: in खेलकुद, by .

काठमाडौं । कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीमाथि जित हासिल गरेको छ । ब्राजिलमा जारी प्रतियोगताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो ।

माने गरिन्चामा भएको खेलमा पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एकरएक गोल गरे । खेलको ३३औँ मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘ए’मा पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । पाराग्वे दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चिलीको चार खेलबाट ५ अंक छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *