Sajhamanch Archive

निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक रोजगारमा जान भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् ।

महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर फर्किएका थिए । त्यतिबेला कतार जादा मेनपावरले भने बमोजिमको काम र तलब नपाउँदा उनी घर फर्किएका थिए । त्यतिबेला लागेको ऋण तिर्न उनी अहिले फेरि कतारको भिसा लगाउन काठमाडौं आएका छन् ।

सर्लाहीका अमर महता पनि नेपालमा भनेजस्तो रोजगारी नपाएपछि कतारको भिसा लगाउन आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *