Sajhamanch Archive

चीन र रुसका राष्ट्रपतिबीच सोमबार भर्चुअल माध्यमबाट वार्ता हुदैँ

Published: in विश्व समाचार by .

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो सोमवार वार्ता हुने भएको छ । भर्चुअल अर्थात भिडियोको माध्यमबाट उनीबीच वार्ता हुन लागेको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन यिङलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

विकसित देशहरुको सङ्गठन जी सेभेनमा चीनको बढ्दो प्रभाव नियन्त्रणका बारेमा छलफल भएको र रुसका राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेको केही समयमा हुन लागेको जिनपिङ र पुटिनबीचको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

चीन रुसलाई साथमा लिएर विश्व प्रभाव बढाउन चाहन्छ भने उनीहरुबीचको सम्बन्धलाई पश्चिमा देशहरुले रुचाउँदैनन् । सि जिनपिङ र भ्लादिमिर पुटिनबीच अघिल्लो महिना पनि फोनमा वार्ता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *