Sajhamanch Archive

उपत्यकामा सार्वजनिक सवारी साधन तत्काल सञ्चालन नहुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल सवारी–साधन सञ्चालन नहुने सम्भावना बढेर गएको छ । अब थपिने निषेधाज्ञामा अरु क्षेत्रमा खुकुलो बनाउने तयारी भएपनि सार्वजनिक सवारीमा पहिलेकै नियम लागु हुने सम्भावना बढेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला पछिल्लो साताको कोरोना संक्रमणको तथ्यांक हेर्दा सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको बताउँछन् ।

“पहिलो साता र यो साताको संक्रमणदर उस्तै उस्तै छ । घट्नुपर्नेजति संक्रमण घटेको छैन । यद्यपि, आज यसैको समीक्षा गर्दैछौँ । आज हामी तीन जिल्लाका प्रजिअ बैठक बस्दै छौँ । त्यसपछि मात्रै निर्णय सार्वजनिक गरिन्छ,” उनले भने ।

गएको सातादेखि निजी सवारी–साधनमा जोर–बिजोर लागु गरिएको छ । बारअनुसार सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक सवारी–साधन चल्न दिनुपर्ने माग गर्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *