Sajhamanch Archive

उपत्यकामा निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताए ।

प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।

व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *