Sajhamanch Archive

एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ

Published: in समाज, by .

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन् ।

सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोड्न प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अनिस हुसेन फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *