Sajhamanch Archive

प्रदेश १ को प्रदेश सभा बैठक माओवादी केन्द्रद्वारा अवरुद्ध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by .

विराटनगर । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङ ले सदन‌समक्ष माफी माग्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

आइतबारको बैठकमा माओवादी सांसद मोहन खड्काले मन्त्रालयको बजेट तथा कार्यक्रम माथि टिप्पणी गर्दा तपाईँ भिजन भएको नेता होइन भन्दै अपमानित गरेकोले मन्त्रीले आत्माआलोचनासहित माफी नमागे सदन चल्न नदिने माओवादी केन्द्रले अडान लिएको छ ।

बैठकको कारवाही शुरु हुनासाथ माओवादी सांसदले उठेर विरोध जनाएका थिए । मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माओवादीको माग छ ।

बैठक मङ्गलबारसम्मका लागि स्थगन भएको छ । सदनमा मन्त्रालय गत बजेट विनियोजन र कार्यक्रमको विषयमा छलफल चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *